जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले दिए राजीनामा

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

22
Share
Featured
  • शैल रुपाखेती ले जर्मनीका लागि नेपाली राजदूत पदबाट राजीनामा दिएका छन्।
  • शिशिर खनाल ले उनको राजीनामा स्वीकृत गरेका हुन्।
  • सरकारले राजदूतहरू फिर्ता बोलाएपछि उत्पन्न विवादबीच उनले अदालतको आदेशको सम्मान गर्दै तलब–सुविधा नलिई पद त्याग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका उनले गत बुधबार राजीनामा दिएका हुन्। उनको राजीनामा बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका छन्।

सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजदूतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई मन्त्रालयमै छुट्टै कार्यकक्ष खडा गरी हाजिर गराउँदै आएको थियो।

रुपाखेतीले राजीनामा पत्रमा आफूले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै र सरकारको पत्र बमोजिम नेपाल फर्केर मन्त्रालयमा हाजिर भएको उल्लेख गरेका छन्। साथै, उनले मन्त्रालयमा हाजिर भएदेखिको अवधिको कुनै पनि तलब र सुविधा नलिएको समेत स्पष्ट पारेका छन्।

यो समाचारमा

सुशीला कार्कीसर्वोच्च अदालतपरराष्ट्र मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...