खुश्बु ओलीको टिप्पणी : रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

15
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि विश्वास गर्न नसकिने नजिर स्थापित भएको टिप्पणी गरेकी छन्।

उपसभामुख निर्वाचनका क्रममा रास्वपाले समर्थन गर्ने आश्वासन दिए पनि अन्ततः अर्को उम्मेदवारलाई समर्थन गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनका अनुसार रास्वपाको वचनका आधारमा उम्मेदवारी अघि बढाइएको भए पनि पछि समर्थन परिवर्तन गरिएको छ। राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उपसभामुख पदका उम्मेदवार रहेका छन्।

ओलीले रास्वपाको व्यवहारले राजनीतिक प्रतिबद्धता र शब्दप्रतिको विश्वासमा प्रश्न उठाएको टिप्पणी गर्दै यस्तो घटनाले पार्टीको नकारात्मक नजिर स्थापित भएको बताएकी छन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीखुश्बु ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...