ज्ञानेन्द्र शाही र रास्वपाबीच विवाद, उपसभामुख समर्थनबारे असन्तुष्टि सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति असन्तुष्टि जनाएका छन्। उपसभामुख निर्वाचनका क्रममा रास्वपाले समर्थन गर्ने आश्वासन दिए पनि पछि अर्को उम्मेदवारलाई साथ दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

उपसभामुख पद राप्रपाको प्राथमिकतामा नभएको दोहोर्याउँदै शाहीले रास्वपाको प्रस्तावपछि मात्र उम्मेदवारी दिने निर्णय गरिएको बताए। तर पछि रास्वपा तथा अन्य दलहरू एउटै पक्षमा उभिएको भन्दै उनले राजनीतिक ध्रुवीकरण स्पष्ट भएको टिप्पणी गरे।

उनले संसद्मा बोल्दै पुराना र नयाँ दलबीचको विचार र सिद्धान्त एउटै ठाउँमा जोडिएको देखिएको दाबी गरे। साथै, आफूहरूले राष्ट्रवादी कित्ताको प्रतिनिधित्व गरेको र अरूले विदेशी प्रभावमा काम गरेको भन्दै व्यंग्यसमेत गरेका छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीज्ञानेन्द्र शाहीकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...