राष्ट्रपति पौडेलद्वारा युवा सहभागिता र सुशासनमा जोड, विकासका लागि एकताको आह्वान

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

17
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि र विकासका लागि युवा सहभागिता अत्यन्त आवश्यक रहेको बताएका छन्। उनले सबै पक्षलाई एकताबद्ध भएर सुशासन, विकास र नागरिक केन्द्रित कानुन निर्माणमा जुट्न आह्वान गरेका छन्।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न भएको बताए। उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

राष्ट्रपतिले वर्तमान संसद्मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको उल्लेख गर्दै सरकारले पनि युवा प्रतिनिधित्वलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे। उनले नागरिकको चाहनाअनुसार रोजगारी, शिक्षा र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले विगतका आन्दोलन, भ्रष्टाचार तथा चुनौतीहरूको स्मरण गर्दै न्यायपालिकाबाट छिटो र निष्पक्ष न्याय सम्पादन भए मात्र शहीदहरूप्रति सच्चा न्याय हुने धारणा राखे। संविधानको मर्मअनुसार अझै धेरै काम गर्न बाँकी रहेको पनि उनले स्वीकार गरे।

राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सरकारी सेवा सुधार हुनेमा आफू विश्वस्त रहेको बताए। साथै, छिमेकी मित्रराष्ट्रहरूसँग सुमधुर र पारदर्शी कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

उनले मुलुकलाई विगतका कटुता बिर्सेर एकताबद्ध भएर अघि बढाउनुपर्ने बताउँदै सुशासन, समृद्धि र विकासको यात्रामा सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...