रास्वपाले नेता–कार्यकर्तालाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरवार नजान निर्देशन दिएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयमा अनावश्यक भिडभाड नगर्न स्पष्ट निर्देशन दिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार पार्टीले जनसम्पर्कलाई व्यवस्थित बनाउन केन्द्रीय कार्यालयमा दैनिक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य रूपमा उपस्थित रहने ‘क्यालेन्डर प्रणाली’ सुरु गरेको छ।

त्यस्तै, संसद्को २० दिने सेसन ब्रेक सुरु हुन लागेकाले सांसदहरूलाई जिल्ला समन्वय तथा पार्टीको साङ्गठनिक सुदृढीकरणमा सक्रिय हुन पनि आग्रह गरिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...