वैदेशिक रोजगार विभागद्वारा भ्रामक विज्ञापन र बिचौलिया गतिविधिविरुद्ध ३ दिने अल्टिमेटम जारी

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

21
Share
Featured

काठमाडौँ

वैदेशिक रोजगार विभागले भ्रमपूर्ण विज्ञापन तथा बिचौलिया गतिविधि रोक्न सम्बन्धित साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थालाई ३ दिने अल्टिमेटम दिएको छ। विभागले यस्ता गतिविधि तत्काल बन्द गर्न सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो।

विभागका अनुसार केही साइबर सेन्टर र तालिम केन्द्रहरूले “श्रम गरिन्छ”, “श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ” तथा “श्रम अनलाइन फारम भरिन्छ” जस्ता भ्रामक सूचना प्रयोग गरी सेवाग्राहीलाई आकर्षित गर्ने र अनावश्यक शुल्क असुल्ने गरेको गुनासो आएको छ।

यसरी सेवाग्राहीलाई झुक्याउने गतिविधि बढेपछि विभागले चैत ३० गतेभित्र सबै प्रकारका प्रचार–प्रसार सामग्री हटाउन निर्देशन दिएको छ। कार्यालय परिसर तथा अन्य स्थानमा राखिएका बोर्ड, होडिङ बोर्ड, फ्लेक्स तथा भित्ते लेखन हटाउन पनि आग्रह गरिएको छ।

विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा केवल सम्बन्धित निकाय र तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र प्रदान हुने स्पष्ट पारेको छ। निर्देशको पालना नगर्नेहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, सेवाग्राहीलाई पनि आधिकारिक सरकारी निकायमार्फत मात्र सेवा लिन र बिचौलियाको भ्रममा नपर्न विभागले सचेत गराएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 'नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना' को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न चीन सरकार, सिडका (CIDCA) र एफएओ (FAO) जस्ता साझेदारहरूको भूमिका महत्वपूर्ण हुने

    Data is loading...

    Loading brands...

    Loading footer...