उपसभामुखमा सरस्वती लामा र रुवी ठाकुरबीच प्रतिस्पर्धा, रास्वपाको समर्थन निर्णायक

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

19
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै उम्मेदवारले तोकिएको समयभित्र आ–आफ्नो मनोनयन दर्ता गराएका छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयसीमाभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो।

रुवी कुमारी ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।

त्यसैगरी सरस्वती लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन्।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १८२ सिटसहित एकल बहुमत रहेकाले उसको समर्थन प्राप्त उम्मेदवार नै उपसभामुखमा निर्वाचित हुने सम्भावना रहेको छ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँश्रम संस्कृति पार्टीराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...