उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

14
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीकी सांसद रुवि कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। धनुषाबाट प्रतिनिधित्व गर्ने माननीय ठाकुरलाई उपसभामुख बनाउन रास्वपाले सघाउने भएको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, ठाकुरको उम्मेदवारीको समर्थकमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहनेछन्। उपसभामुख चयनका लागि दलहरूबीच समीकरण बनिरहेका बेला रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो। उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ भने आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...