मनाङेको दाबी– पर्यटन र कृषि व्यवसायबाट उदाएको हुँ, गुण्डागर्दी पृष्ठभूमि अस्वीकार

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

18
Share
Featured

काठमाडौँ

गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ, जसलाई दीपक मनाङे भनेर पनि चिनिन्छ, ले आफू पर्यटन र कृषि व्यवसायको पृष्ठभूमिबाट उदाएको दाबी गरेका छन्। उनले रातोपाटीमा चैत २२ मा प्रकाशित आफ्नो पृष्ठभूमिसम्बन्धी समाचारको खण्डन गर्दै उक्त प्रतिक्रिया दिएका हुन्।

प्रकाशित समाचारमा मनाङे ‘गुण्डागर्दी पृष्ठभूमिबाट उदाएको’ र डिल्लीबजार कारागारबाट छुटेपछि ठमेलस्थित नोभा क्लबमा उनको स्वागतमा ठूलो भीड भेला भएको उल्लेख थियो। उक्त विवरणलाई उनले अस्वीकार गरेका छन्।

मनाङेले आफ्नो स्वागतमा उपस्थित भएकाहरू दाजुभाइ, शुभचिन्तक र साथीभाइ मात्र रहेको दाबी गरेका छन्। उनले कुनै आपराधिक पृष्ठभूमिसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता नरहेको स्पष्ट पारेका छन्।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेपछि उनलाई फागुन ३० गते ठमेलको नोभा क्लबमा समर्थकहरूले स्वागत गरेका थिए।

यो समाचारमा

काठमाडौँगण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...