उपसभामुखमा कांग्रेस–एमालेको समर्थन श्रम संस्कृति पार्टीलाई, नेकपा निर्णयविहीन

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

17
Share
Featured

काठमाडौँ

उपसभामुख पदमा नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उम्मेदवारी नदिई श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। दुई ठूला दलले संयुक्त रूपमा श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने उपसभामुख निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अझै निष्कर्षमा पुगेको छैन। नेकपाभित्र यस विषयमा छलफल जारी रहेको बताइएको छ।

नेकपा एमालेका उपाध्यक्ष गुरु बरालका अनुसार कांग्रेस र एमालेले उपसभामुखमा उम्मेदवारी नदिएर श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने सहमति भएको छ। तर नेकपाले भने अहिलेसम्म कुनै औपचारिक निर्णय नगरेको उनले बताए।

श्रम संस्कृति पार्टीले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिसकेको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज दिउँसो २ बजेसम्म गर्न सकिने व्यवस्था छ भने उपसभामुखको निर्वाचन भोलि हुने छ।

संसदमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भएकाले उसले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख बन्ने सम्भावना रहेको बताइएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसकाठमाडौँश्रम संस्कृति पार्टी
नेपाली कम्युनिष्ट पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...