पक्राउपछि १३ दिनमै ओली रिहा, पत्नीको जिम्मामा छाडियो

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

21
Share
Featured
काठमाडौँ

खड्गप्रसाद शर्मा ओलीलाई पक्राउ गरेको १३ दिनपछि प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका उनलाई उनकी धर्मपत्नी राधिका शाक्य को जिम्मा लगाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनुसन्धानको क्रममा आवश्यक परे उपस्थित हुने सर्तमा ओलीलाई हिरासत मुक्त गरिएको हो। भदौ २३ र २४ मा भएको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई चैत १४ गते पक्राउ गरिएको थियो।

प्रहरीले हिरासतबाट मुक्त गरे पनि ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा भने चिकित्सकहरूले निर्णय गर्ने जनाइएको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...