आयोजनाहरू अब अलपत्र नछोडिने : मन्त्री विराजभक्त श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

16
Share
Featured

काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिन जस्ता सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन्।

७३औँ सिँचाइ दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले दीर्घकालीन महत्त्वका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।

उनका अनुसार सुनकोशी–मरिन आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ भने भेरी–बबई आयोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।

मन्त्री श्रेष्ठले गण्डक, नारायणी, बागमती र सुनसरी–मोरङ जस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनर्स्थापना र व्यवस्थापकीय सुधारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

उनले सिँचाइलाई केवल खेतमा पानी पुर्‍याउने माध्यमका रूपमा नभई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनसँग जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गरिने बताए।

मन्त्री श्रेष्ठले पानीले मन्त्रालय वा निकायको सीमा नचिन्ने भएकाले अन्तर मन्त्रालय र निकायबीच समन्वय अनिवार्य रहेको उल्लेख गर्दै सबै अवरोध हटाउन सरकारले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो समाचारमा

काठमाडौँविराजभक्त श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...