चिया किसानले मेहनतको मूल्य पाउन सकेनन् : सांसद निश्कल राई

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सांसद निश्कल राईले इलामका चिया किसानहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले इलाममा अहिले चियाको पहिलो मुना टिप्ने समय भए पनि किसानहरूले उत्पादन लागतअनुसार मूल्य नपाएको बताए।

सांसद राईका अनुसार मलको अभावले किसान थप समस्यामा परेका छन्। उनले चिया किसान मात्र नभई उद्यमीहरू पनि विभिन्न चुनौतीका कारण मर्कामा परेको उल्लेख गरे।

उनले चिया निर्यातका लागि भारतमा मात्र निर्भर रहनुपरेको भन्दै त्यहाँबाट हुने अवरोधले समस्या थपिएको बताए। साथै पश्चिम बङ्गाल सरकारअन्तर्गतको चिया तथा कफी विकास बोर्डले कानुनी अड्चन देखाएर उद्यमीलाई कठिनाइमा पारेको उनको भनाइ थियो।

सांसद राईले चिया क्षेत्रका समस्या समाधानका लागि सरकारलाई गम्भीर हुन र कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरे।

यो समाचारमा

निश्कल राईनेपाली काँग्रेसइलामकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...