भारतीय सवारीको प्रवेश पास दुरुपयोग रोक्न सांसद डाँगीको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

16
Share
Featured

काठमाडौँ

सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेशका लागि दिइने पास प्रणालीको दुरुपयोग रोक्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक दिनको प्रवेश पास लिएर नेपाल प्रवेश गरेका सवारी साधनहरू निर्धारित समयमै फिर्ता नहुने र नेपालभित्रै सञ्चालनमा रहने गरेको बताइन्।

उनका अनुसार यस्तो अभ्यासले ठूला भन्सार शुल्क तिरेर नेपालमा भित्र्याइएका सवारी साधनहरूलाई असर परेको छ। उनले यो समस्या केवल आफ्नो निर्वाचन क्षेत्र मेचीनगरमा मात्र नभई सबै सीमा क्षेत्रमा देखिएको बताइन्।

सांसद डाँगीले भारतीय नम्बर प्लेटका सवारीका कारण यातायात व्यवसायी र चालकहरू प्रभावित भएको उल्लेख गर्दै सीमा नाकामा कडा अनुगमन गर्न र प्रवेश पासको दुरुपयोग रोक्न सरकारसँग आग्रह गरिन्।

उनले यस्ता सवारीका कारण दुर्घटना भए क्षतिपूर्ति पाउनसमेत समस्या हुने भएकाले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।

यो समाचारमा

निशा डाँगीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...