किसानले फेरि मलका लागि याचना गर्नुपर्ने अवस्था नआओस् : सांसद पाठकको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मलको अभाव नहुने सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले किसानले विगतमा जस्तै मलका लागि याचना गर्नुपर्ने अवस्था फेरि दोहोरिन नहुने बताए।

सांसद पाठकले किसानलाई देशको अन्नदाता भन्दै समयमा मल उपलब्ध गराउन सरकारको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे।

उनले यस वर्ष मल आपूर्तिका लागि सरकारले के–कस्तो तयारी गरेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

यो समाचारमा

काठमाडौँदेवराज पाठकराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...