शेरबहादुर देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

48
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको हो।

देउवा दम्पती हाल विदेशमा रहेको जनाइएको छ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा पैसा भेटिएको भन्दै विभिन्न भिडियो सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो।

नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खड्गप्रसाद शर्मा ओलीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउने निर्णय गरेको थियो।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाली काँग्रेसआरजु राणा देउवाशेर बहादुर देउबा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...