डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अन्त्य

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार गर्दै डाटा सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब डाटा प्याकेज ९० प्रतिशत खपत भएपछि ग्राहकलाई एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ। त्यसपछि प्रयोगकर्तालाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न सुझाव दिइने व्यवस्था लागू गरिएको छ।

यसअघि डाटा प्याकेज सकिएलगत्तै मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने गुनासो व्यापक बनेपछि उक्त व्यवस्था हटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। अब ग्राहकले चाहेमा मात्र ‘पास एज यु गो’ प्रणाली प्रयोग गर्न सक्नेछन्।

मन्त्रालयका अनुसार यो सेवा प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सेवा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था मिलाइएको छ।

यो समाचारमा

नेपाल टेलिकमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...