एमाले विशेष महाधिवेशन पक्षधरलाई छलफलका लागि च्यासल बोलाइयो

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यवाहक अध्यक्ष राम बहादुर थापा (बादल)ले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा छलफलका लागि बोलाइएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिएका छन्।

उनका अनुसार विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानमा संलग्न नेताहरूलाई छलफलका लागि बोलाइएको हो।

हस्ताक्षर अभियानमा संलग्न एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि आफूहरूलाई ३ बजे च्यासल बोलाइएको पुष्टि गरेका छन्।

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तन र नयाँ नेतृत्व निर्माणको माग तीव्र बन्दै गएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)राम बहादुर थापा (बादल)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...