परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङ बीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने र आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट राजदूत माओमिङले मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए।

यस अवसरमा नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने र विकास तथा सहकार्यका क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ। राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका थिए।

यो समाचारमा

शिशिर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...