राष्ट्रियसभामा जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस, शोक प्रस्ताव पनि पारित

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

16
Share
Featured

काठमाडौँ

आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष पेस गरेकी हुन्।

त्यसैगरी, बैठकले पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनप्रति शोक प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ। सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि सभाले समर्थन जनाएको हो।

विसं १९९८ असोज ९ गते जन्मिएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रहेका भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य समेत रहेका थिए। शोक प्रस्ताव पारित भएपछि सभामा एक मिनेट मौन धारण गरी दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार दिउँसो १:१५ बजे बस्नेछ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...