सामाजिक सञ्जाल नियमन गर्न एमाले सांसद विष्णुमाया विकको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

20
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विष्णुमाया बिकले सामाजिक सञ्जालको प्रभाव बढ्दै गएर राजनीतिक तथा सामाजिक निर्णयसमेत प्रभावित हुन थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जालले नेतृत्व चयनदेखि राजनीतिक निर्णयसम्म प्रभाव पारिरहेको टिप्पणी गरिन्।

उनका अनुसार आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने वा कुन पार्टीको अध्यक्ष बनाउने भन्ने जस्ता विषय समेत सामाजिक सञ्जालको प्रभावमा निर्धारण हुन थालेका छन्, जुन चिन्ताजनक अवस्था भएको उनको भनाइ थियो। उनले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारलाई सामाजिक सञ्जाल नियमन गर्न आग्रह गरिन्।

फरक प्रसङ्गमा बोल्दै सांसद विकले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न पनि माग गरिन्। प्रमाण नष्ट गर्ने कुनै आधार नरहेको भन्दै उनले उहाँहरूलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)रमेश लेखकविष्णुमाया बिककाठमाडौँ
खड्गप्रसाद शर्मा ओली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...