प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन प्रस्ताव प्रस्तुत, १४ सदस्यीय समिति प्रस्तावित

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

32
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठनका लागि प्रस्ताव पेस गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले गणेश पराजुलीको सभापतित्वमा १४ सदस्यीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रस्तावित समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने र सुलभ खरेल सदस्यका रूपमा रहने उल्लेख छ।

समितिले सभामुखको निर्देशनअनुसार आवश्यक कार्यविधि निर्माण गर्नेछ भने आवश्यक परेमा विशेषज्ञको सहयोग पनि लिन सक्नेछ। समितिको कार्यावधि १४ दिन तोकिएको छ। प्रस्तावमाथि हाल प्रतिनिधि सभामा छलफल जारी रहेको छ।

यो समाचारमा

गणेश पराजुलीकविन्द्र बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...