राष्ट्रहितका लागि राजनीतिक दलबीच सहकार्य अनिवार्य : सांसद निशा डाँगी

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले राष्ट्रहितका लागि राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक प्रतिस्पर्धा आरोप–प्रत्यारोपमा सीमित हुन नहुने धारणा राखिन्।

सांसद डाँगीले राजनीति परिवर्तनका लागि हुनुपर्ने भन्दै दलहरूबीच सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै दिगो राजनीतिक समाधान सम्भव हुन्छ।

उनले प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलता कुनै एक दलको मात्र नभई नागरिकको आशा र अपेक्षाको विजय भएको बताइन्। जनताले परिवर्तनको चाहना व्यक्त गरेको उनको भनाइ थियो।

डाँगीले आफूहरू शासन गर्न नभई जनताको सेवा गर्न संसद् र सरकारमा आएको उल्लेख गर्दै सरकार र संसद्ले पनि यही भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिइन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँनिशा डाँगी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...