सरकारको दुई दिन बिदा निर्णयप्रति राष्ट्रिय सभामा तीव्र विरोध

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

21
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। सोमबार बसेको बैठकमा सांसदहरूले सरकारको कदमले मुलुकको प्रशासनिक तथा शैक्षिक प्रणालीमा नकारात्मक असर पर्ने बताएका छन्।

बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिन बिदाको निर्णयले राज्य सञ्चालनमै बेथिति निम्त्याउने दाबी गरे। उनले कर्मचारीलाई लामो समय निष्क्रिय राखेर सरकार कुन उद्देश्य पूरा गर्न खोजिरहेको हो भन्ने प्रश्नसमेत उठाए। साथै, यस्तो निर्णयले सरकारी सेवा प्रवाह प्रभावित हुने उनको भनाइ थियो।

सांसद विश्वकर्माले पश्चिम एसियामा जारी युद्धलाई कारण देखाएर शिक्षण संस्था तथा सरकारी कार्यालय बन्द गर्नु उचित नभएको तर्क गरे। उनले विशेषगरी विद्यार्थीहरूको पठनपाठनमा पर्ने असरप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले नेपालजस्तो पहाडी भूगोल र आर्थिक चुनौती भएको देशमा विद्यार्थीहरू कठिनाइका बीच विद्यालय जाने अवस्था रहेको उल्लेख गर्दै बिदा बढाउँदा शैक्षिक गतिविधिमा थप समस्या आउने चेतावनी दिए। साथै, यातायात सञ्चालन भइरहे पनि विद्यालय बन्द गर्ने निर्णय दोहोरो मापदण्ड भएको टिप्पणी गरे।

यसैगरी बैठकमा सांसद सावित्री मल्लले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले अन्तर्राष्ट्रिय बजारको बहानामा गरिएको मूल्यवृद्धिका कारण ढुवानी तथा यातायात खर्च बढेको र त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको बताइन्।

सांसद मल्लले बजारमा देखिएको महँगी र कृत्रिम अभावले आम नागरिकको जीवन कष्टकर बनेको भन्दै तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरिन्। उनले मूल्यवृद्धि नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिन सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिलाई मात्र कारण देखाएर पन्छिनु भन्दा आन्तरिक व्यवस्थापन सुधार गरी नागरिकलाई महँगीको भारबाट जोगाउनु सरकारको प्रमुख दायित्व हो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...