आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिने बिदा ‘टर्निङ प्वाइन्ट’ हुने पर्यटन बोर्ड सीईओको भनाइ

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

14
Share
Featured

काठमाडौँ

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हुने बताएका छन्। उनले यो निर्णयलाई पर्यटन क्षेत्रका लागि ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिन सकिने उल्लेख गर्दै व्यवसायीहरूलाई त्यसअनुसार तयारी गर्न आग्रह गरेका छन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सीईओ जोशीले लामो समयदेखि दुई दिने बिदाको अवधारणा पर्यटन प्रवर्द्धनका लागि प्रस्ताव हुँदै आए पनि अब कार्यान्वयनमा आएको बताए। उनका अनुसार यसले पर्यटन तथा आतिथ्य क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ र आन्तरिक पर्यटकको आवागमन बढाउनेछ।

जोशीले दुई दिने बिदाले कर्मचारी तथा बौद्धिक वर्गलाई घुमफिर र अनुभव आदानप्रदानका लागि पर्याप्त समय दिने उल्लेख गरे। यसले आर्थिक गतिविधि चलायमान बनाउन मद्दत गर्ने उनको भनाइ छ। साथै, आन्तरिक पर्यटन विस्तारसँगै नयाँ गन्तव्यहरूमा लगानीका अवसर पनि सिर्जना हुने उनले बताए।

उनले पर्यटन व्यवसायीहरूलाई बिदा लक्षित आकर्षक प्याकेजहरू तयार गर्न आग्रह गर्दै नेपाल पर्यटन बोर्डले त्यस्ता कार्यक्रमहरूको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार बिदा बढेसँगै नेपालीहरूको घुम्ने संस्कार विस्तार हुँदै जानेछ, जसले दीर्घकालीन रूपमा पर्यटन उद्योगलाई मजबुत बनाउनेछ।

सीईओ जोशीले पर्यटकको संख्या बढेसँगै सेवा गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। आतिथ्यता, सरसफाइ र सेवा प्रवाहमा सुधार आवश्यक रहेको भन्दै उनले यसबारे बोर्डले जनचेतनामूलक सामग्री निर्माण गरिरहेको जानकारी दिए।

उनले पर्यटन क्षेत्रमा समान व्यवहार र वातावरणीय सचेतनाको आवश्यकता रहेको पनि बताए। घुमफिरका क्रममा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

यसैबीच, सरकारले निर्णय गरेकै दिन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको प्रक्रियालाई उनले सकारात्मक अभ्यासका रूपमा मूल्यांकन गरेका छन्। अन्य निकायका लागि पनि यो कार्यान्वयन शैली उदाहरणीय हुन सक्ने उनको भनाइ छ।

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...