गृहमन्त्रीको छड्के अनुगमन: राष्ट्रिय परिचयपत्र सेवामा सुधारको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

12
Share
Featured

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा आकस्मिक अनुगमन गरेका छन्। उनले सोमबार बिहान सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र विभाग र कालिकास्थानस्थित पञ्जीकरण विभागमा पुगेर सेवा प्रवाहको अवस्था तथा कार्यसम्पादनबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा मन्त्री गुरुङले कर्मचारीको उपस्थिति, अनुशासन तथा नागरिकलाई दिइँदै आएको सेवाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। साथै, विभागको वेबसाइट ह्याक भएको विषयमा पनि उनले जानकारी मागेका थिए।

परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र सेवाग्राहीले भोगिरहेको समस्याप्रति मन्त्री गुरुङले विशेष चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। उनले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक सुधार गर्न निर्देशन दिएको बताइएको छ।

यो समाचारमा

सिंहदरवारराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसुदन गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...