मनोज कार्कीलाई साढे दुई लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

18
Share
Featured

काठमाडौँ

विशेष अदालत
ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मनोज कार्कीलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतले कार्कीको पदीय जिम्मेवारी र भूमिकालाई ध्यानमा राख्दै अन्तिम फैसला नभएसम्मका लागि २ लाख ५० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारिखमा राख्न आदेश दिएको छ। तोकिएको धरौटी नबुझाएमा भने थुनामा पठाइने आदेशमा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा लागत अस्वाभाविक रूपमा बढाएर सरकारी कोषमा अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याएको आरोपमा कार्कीविरुद्ध मुद्दा दायर गरेको हो। आरोपअनुसार स्वीकृत लागत १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरबाट बढाएर २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर पुर्‍याइएको थियो, जसबाट ठूलो आर्थिक हानी भएको दाबी गरिएको छ।

बयानका क्रममा कार्कीले आफू निर्दोष रहेको दाबी गर्दै लागत परिमार्जन मन्त्रालय र मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको बताएका थिए। आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेकाले बदनियतपूर्वक कुनै निर्णय नगरेको उनको जिकिर थियो। तथापि, प्रारम्भिक प्रमाणका आधारमा अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...