राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन संघीय संसदमा अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

यसैबीच, राष्ट्रिय सभाको अर्को बैठक चैत २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँसोबिता गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...