सरकारद्वारा झण्डै २८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

23
Share
Featured

काठमाडौँ

सरकारले दुई वटा परियोजनाका लागि झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजना र दीगो एवं समावेशी वित्त परियोजनाका लागि उक्त ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारी निर्णय अनुसार डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर ऋण लिइनेछ ।

त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि थप ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सुविधा स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।

हालको विनिमय दरअनुसार यी सबै ऋण सहयोगको कुल रकम करिब २८ अर्ब रुपैयाँ बराबर हुने बताइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...