मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि सुरु हुने

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

24
Share
Featured

काठमाडौँ

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम फेरि सुरु गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकहरूले सो नम्बरमा रहेको विवरण प्रयोग गरी अनलाइनमार्फत नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

त्यस्तै, राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकहरूले आयोगको ‘पूर्व नामदर्ता’ प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। उक्त प्रक्रियामा फोटो तथा औँठाछापसहितको जैविक विवरण पनि प्रविष्ट गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...