विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

14
Share
Featured

काठमाडौँ

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गए राति विमानस्थल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकाहरूले यात्रुलाई अनावश्यक दुःख दिने, आफूले चिनेको होटलमा लैजाने र त्यसबापत यात्रु तथा होटलबाट कमिसन लिने काम गर्दै आएका थिए।

प्रहरीका अनुसार पक्राउ परेका १८ जनामध्ये १० जना यात्रुसँग कमिसन लिने र दुर्व्यवहारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...