सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुने

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

28
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोल प्रसाद अर्याल (डीपी) प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। संसद् सचिवालयले तोकेको उम्मेदवारी दर्ता अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको भएपछि उनी निर्विरोध चयन भएका हुन्।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उक्त समयमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो।

अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई प्रस्तावक र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेको अवस्थामा अर्यालको सभामुख बन्ने बाटो पहिल्यै सहज मानिएको थियो।

संसद् सचिवालयका अनुसार आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट उनलाई औपचारिक रूपमा सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीस्वर्णिम वाग्लेकाठमाडौँरवि लामिछाने
डोल प्रसाद अर्याल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...