पहिलो अधिवेशनअघि कांग्रेस संसदीय दलको बैठक बोलाइयो

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

16
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न सिंहदरवारस्थित दलको कार्यालयमा बिहान ११ बजे बैठक आह्वान गरिएको सांसद मोहन आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले कसरी प्रस्तुत हुने भन्ने विषयमा मुख्य रूपमा छलफल गरिनेछ। “पहिलो बैठकमा पार्टीको भूमिकाबारे रणनीति बनाउन बैठक बोलाइएको हो,” आचार्यले बताएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने उक्त बैठकलाई ध्यानमा राख्दै कांग्रेसले आन्तरिक तयारी तीव्र बनाएको हो।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएकाले त्यसका लागि पार्टीको धारणा र प्रस्तुति तय गर्न पनि संसदीय दलको बैठक महत्वपूर्ण हुने जनाइएको छ।

यो समाचारमा

नेपाली काँग्रेससिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...