कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मङ्गलबार

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

25
Share
Featured

काठमाडौँ

कोशी प्रदेशभारतको पश्चिम बङ्गाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

विर्तामोड सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा प्रदर्शनी कक्ष राखिने जिल्ला पर्यटन कार्यालयले जनाएको छ । ती कक्षबाट स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन ‘प्याकेज’ तथा सेवाबारे विस्तृत रूपमा जानकारी दिइने छ । आगन्तुकले परिकार चाख्न पनि पाउने छन् । 

उत्सव सञ्चालन गर्न पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन भएको छ । 

उत्सवका माध्यमबाट नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ सुदृढ तुल्याउन र सुस्ताएको पर्यटन उद्योगलाई गतिशील बनाउन सघाउ पुग्ने विश्वास संयोजक  श्रेष्ठको छ ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम, फोटो तथा चित्रकला प्रदर्शनीका साथै र दुई देशबीच सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल–बङ्गाल पर्यटन सर्किट’बारे विचारविमर्श हुने भएको छ ।

यो समाचारमा

काठमाडौँभारतकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...