यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

24
Share
Featured

काठमाडौँ, १९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ आठ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ तीन पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...