नेपालका लागि अमेरिकी ट्राभल एड्भाइजरी स्तर घट्यो, सुरक्षा अवस्था सुधारिएको दाबी

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

25
Share
Featured

काठमाडौँ

नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गरिएको यात्रा जोखिम सम्बन्धी सुझाव (ट्राभल एड्भाइजरी) लाई अमेरिकी सरकार ले अद्यावधिक गर्दै नेपाललाई ‘लेभल २’ मा झारेको छ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आएपछि देशको सुरक्षा अवस्थामा सुधार आएको मूल्याङ्कन गर्दै जोखिम स्तर घटाइएको नयाँ सूचनामा उल्लेख गरिएको छ। सोही आधारमा अब नेपाललाई यात्रा गर्दा ‘अतिरिक्त सतर्कता अपनाउनुपर्ने’ श्रेणीमा राखिएको छ।

अद्यावधिक एड्भाइजरीमा सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति तुलनात्मक रूपमा स्थिर रहेको उल्लेख छ। यद्यपि, सहरी क्षेत्रमा बिना सूचना प्रदर्शन हुन सक्ने र ती कहिलेकाहीँ हिंसात्मक बन्न सक्ने जोखिम भने अझै कायम रहेको बताइएको छ।

स्वास्थ्य सेवाको सन्दर्भमा नेपालमा सामान्य तथा आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको भन्दै अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ। काठमाडौंका अस्पतालहरू तुलनात्मक रूपमा राम्रो भए पनि भीड, उपकरणको अभाव र अग्रिम भुक्तानीको आवश्यकता हुन सक्ने उल्लेख गरिएको छ।

यस्तै, भूकम्प, बाढी र पहिरोको जोखिम नेपालभरि रहेको भन्दै विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। मनसुन याममा सडक अवरुद्ध हुने र उद्धार कार्यमा कठिनाइ आउन सक्ने सम्भावनासमेत एड्भाइजरीमा समेटिएको छ।

यसैबीच, यात्रुहरूलाई दूतावासको सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ मा दर्ता हुन, भिडभाडबाट टाढा रहन तथा यात्रा अघि भरपर्दो बिमा गर्न समेत आग्रह गरिएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...