वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

23
Share
Featured
काठमाडौँ

वीरगन्जका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार  चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ ।  जबकि गत आवको सात महिनामा रु १७ अर्ब १५ करोडका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो । 

चालु आवको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाखका छ सय नौवटा इन्धनबाट चल्ने जिप, कार र  भ्यान आयात भएको छ । ती सवारीसाधन आयात हुँदा रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ ।  जबकि गत आवको सात महिनामा भने रु एक अर्ब ५० करोडका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...