ओली पक्राउविरुद्ध एमालेको चरणबद्ध आन्दोलन घोषणा

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै थप चरणबद्ध कार्यक्रम घोषणा गरेको हो।

मंगलबार बसेको एमाले सचिवालय बैठकले आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनका विस्तृत कार्यक्रम तय गर्न छिट्टै केन्द्रीय कमिटी बैठक समेत बोलाइनेछ।

पार्टीले चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने र वैशाख ३ गते वडा तहमा भेला गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।

एमालेले सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूमाथि गरिएको गतिविधिलाई पनि आन्दोलनको एजेन्डामा समेट्ने जनाएको छ। जनसंगठनहरूले आ–आफ्नो तहबाट आन्दोलनलाई सघाउने निर्णय गरिएको छ।

यसैबीच, पार्टीले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ। संसदभित्र समन्वय र प्रभावकारी प्रस्तुति गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी दिइएको छ। साथै, संसदीय दलको बैठक बुधबार पार्टी कार्यालयमा बस्ने जनाइएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)रमेश लेखककाठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...