नेपाल वायुसेवा निगमको दिल्ली उडान विस्तार, अब हप्तामा १० उडान

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवा विस्तार गरेको छ। यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

निगमका अनुसार हाल आरए २१७/२१८ उडान नम्बरमार्फत दैनिक एउटा उडान सञ्चालन भइरहेको छ। अब थपिएको नयाँ तालिकाअनुसार आरए २०५/२०६ उडान नम्बरबाट हप्तामा तीन दिन अतिरिक्त उडान हुनेछ।

उडान संख्या थपिएसँगै काठमाडौं–दिल्ली रुटमा नेपाल वायुसेवा निगमका कुल १० वटा साप्ताहिक उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ उडान तालिका कार्यान्वयनमा आइसकेको जनाएको छ।

यो समाचारमा

नेपाल वायुसेवा निगमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...