निर्वाचनमा कमजोर प्रदर्शनपछि मेलम्ची–१ का वडाध्यक्ष चौलागाईको राजीनामा

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षित मत ल्याउन नसकेको भन्दै उनले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएका हुन्।

पूर्व केन्द्रीय सदस्यसमेत रहेका चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेका छन्। उनले पार्टीको कमजोर प्रदर्शनप्रति जिम्मेवारी लिँदै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक–२ क्षेत्रमा राप्रपाबाट गोपीकृष्ण चौलागाई उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १६८१ मत प्राप्त गरेका थिए। निर्वाचन परिणामपछि पार्टीको समग्र अवस्थाबारे समीक्षा भइरहेका बेला चौलागाईको राजीनामा आएको हो।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँमेलम्ची नगरपालिकासिन्धुपाल्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...