प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अवकाशमा, सपना मल्ल कायममुकायम प्रमुख बन्ने

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

13
Share
Featured

काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। ६५ वर्षे उमेर हदका कारण उनी पदमुक्त हुन लागेका हुन्। कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका राउतले लामो समय न्याय क्षेत्रमा योगदान दिएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार राउत आज अन्तिम पटक अदालतमा उपस्थित हुनेछन् र भोलिदेखि अनिवार्य अवकाशमा जानेछन्। उनको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नेछिन्।

राउतले वकालत क्षेत्रमा करिब ३३ वर्ष र सर्वोच्च अदालतका न्यायाधीशका रूपमा ८ वर्ष सेवा गरेका थिए। २०७३ साउन १७ गते न्यायाधीश नियुक्त हुँदा नै उनी प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेका थिए।

न्यायालयभित्रका विकृति र विसंगतिबारे अध्ययन गर्न गठित विभिन्न समितिहरूमा समेत राउतको सक्रिय भूमिका रहेको थियो। उनले सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको अध्ययन समितिमा काम गरेका थिए भने तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायपालिका सुधार सम्बन्धी समितिमा पनि सदस्यका रूपमा सहभागिता जनाएका थिए।

उनको अनुभव, निष्ठा र छविका आधारमा न्यायालय सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको थियो। यद्यपि, उनले कार्यकालमा केही संरचनागत सुधारका प्रयास गरे पनि कार्की नेतृत्वको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दै अनिवार्य अवकाशमा जान लागेका छन्।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...