प्रतिनिधिसभा अधिवेशन तयारीका लागि दलहरूको बैठक बोलाइयो

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। आगामी चैत १९ गतेदेखि सुरु हुन लागेको संघीय संसद्को अधिवेशनको तयारीका लागि उक्त बैठक बोलाइएको हो।

सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार बैठक बुधबार दिउँसो १ बजे सिंहदरवारस्थित सचिवालयमा बस्नेछ। बैठकमा अधिवेशन व्यवस्थापन, कार्यसूची निर्धारण तथा समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरिसकेका छन्। उक्त बैठक हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको नयाँ संसद्को पहिलो अधिवेशन हुनेछ।

बैठकमा सरकारको तर्फबाट कानुनमन्त्रीलाई सहभागी गराउने तयारी भए पनि अन्तिम निर्णय भने भइसकेको छैन। प्रतिनिधिसभामा हाल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ।

यो समाचारमा

रामचन्द्र पौडेलसिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...