सम्पत्ति छानबिनको राडारमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरू, ‘शासकीय सुधारका १०० कार्यसूची’ लागू

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

23
Share
Featured

काठमाडौँ

बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पहिलो मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधारका १०० कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूचीअन्तर्गत सरकारले अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ, जसले विगतदेखि हालसम्म सार्वजनिक पद धारण गरेका उच्च राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण र छानबिन गर्नेछ।

सरकारको निर्णयअनुसार पहिलो चरणमा २०६२/०६३ सालदेखि हालसम्मका प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गरिनेछ भने दोस्रो चरणमा २०४८ देखि २०६१/०६२ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको विवरण छानबिन गरिनेछ। यस कदमलाई शासकीय सुधार र पारदर्शिता अभिवृद्धिका लागि महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

यसैबीच सरकार गठनको १२ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा पूर्वमन्त्री दिपक खड्का पक्राउ परेपछि देशको राजनीति तरंगित बनेको छ। उच्च तहका नेतामाथि कारबाही सुरु भएको भन्दै विभिन्न राजनीतिक वृत्तमा यसबारे तीव्र प्रतिक्रिया देखिएको छ।

२०६२/०६३ पछि नेपालमा पटक–पटक सरकार परिवर्तन भएको छ। यस अवधिमा गिरिजा प्रसाद कोईराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, शेर बहादुर देउबा लगायतका नेताहरू प्रधानमन्त्री बनेका थिए। यी सरकारहरूमा दर्जनौँ उपप्रधानमन्त्री, सयौँ मन्त्री र राज्यमन्त्रीहरूले जिम्मेवारी सम्हालेका थिए।

उक्त अवधिमा केही पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको निधन भइसकेको भए पनि बाँकी रहेका राजनीतिक नेतृत्वहरू अहिले सम्पत्ति छानबिनको राडारमा पर्ने सम्भावना रहेको बताइएको छ। सरकारको यो कदमले राजनीतिक शुद्धीकरण, सुशासन र जवाफदेहिता मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

माधवकुमार नेपालबाबुराम भट्टराईशेर बहादुर देउबादिपक खड्का
गिरिजा प्रसाद कोईराला11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...