केपी शर्मा ओली र रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन, प्रहरीसँग झडप

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

12
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

घाइतेलाई उपचारका लागि एभरेस्ट अस्पताल मा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

झडपपछि प्रहरीले घटनामा संलग्न नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था कडा बनाएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँरमेश लेखकखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...