दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विभागमा पठाइयो

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

15
Share
Featured

काठमाडौँ

पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता दिपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी डा. मनोज केसीका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि विभागमा पठाइएको हो।

अब उनको मुद्दाको अनुसन्धान तथा अभियोजनको प्रक्रिया सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाउनेछ। म्याद थप तथा अन्य कानुनी प्रक्रिया पनि विभागमार्फत नै अदालतमा पेश गरिने जनाइएको छ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका दीपक खड्का लाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनको बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका थिए।

आगजनीपछि घरभित्र जलेका नेपाली तथा विदेशी मुद्रा फेला परेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सो घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र खरानीसमेत सङ्कलन गरी अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

दिपक खड्कानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...