मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

18
Share
Featured

काठमाडौँ

पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । 

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८÷८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् । 

महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् । 

सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको प्रमुख भुसालको कथन छ ।


उक्त अवधिमा उद्योगतर्फ ४० वटा उद्योगको नामसारी, १५ वटा ठाउँसारी, ९४८ वटा नवीकरण, ४३ वटाको प्रतिलिपि, ७३ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ ।

यस्तै सो अवधिमा वाणिज्यतर्फ पाँचवटा नामसारी, सातवटा उद्योगको ठाउँसारी, २७ वटा उद्योगको पुँजीवृद्धि, एक हजार ५४ वटा उद्योगको नवीकरण, ९३ वटा उद्योगको लगत कट्टा तथा ३७ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ । 

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु एक करोड ३१ लाख ८४ हजार १५९ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो ।

यो समाचारमा

मकवानपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...