स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछाने अदालतमा उपस्थित भई तारेख लिए

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

13
Share
Featured


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन्।

आइतबार बिहान अदालत पुगेका लामिछानेले तारेख लिएको अदालत स्रोतले जनाएको छ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएको छ।

उक्त प्रकरणमा २०८१ पुस २१ गते काठमाडौँ जिल्ला अदालतमा संगठित रूपमा सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। सो मुद्दामा ३९ जना प्रतिवादी रहेका छन् भने ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका छन्।

प्रहरी अनुसन्धान अनुसार गोरखा मिडिया नेटवर्कमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट कानुनविपरीत करिब ५ करोड ७८ लाख रुपैयाँ लगिएको निष्कर्ष निकालिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...