चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार

14
Share
Featured

काठमाडौँ

चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । 

मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताउनुभएको छ । 

परराष्ट्रमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गर्नुभएको छ ।

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पु-याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यो समाचारमा

चीनशिशिर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...