आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार

20
Share
Featured

काठमाडौँ

होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा चैत ९ गतेदेखि पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिएको थियो ।

उक्त अवसरमा सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नववर्ष महोत्सवको २१ औँ संस्करण यस वर्ष चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा ‘लेकसाइड’ क्षेत्रमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयलाई पोखरा आउनका लागि निम्तोसमेत दिइएको सङ्घका सचिव पार्वता पाण्डेले बताउनुभयो ।

विभिन्न सहरमा गरिएका कार्यक्रममा त्यहाँका पर्यटन व्यवसायीले पूर्वका सहरबाट पोखरासँगको कनेक्टिभिटी सहज बनाउनुपर्ने, पर्यटकीय साझेदारी बढाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए । 

कार्यक्रमले पूर्वी नेपाल र पोखराको पर्यटकीय साझेदारी र विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ कार्यक्रम फलदायी बनेको कार्यक्रमका सहभागी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ । 

यो समाचारमा

पोखरागण्डकी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...