बालेन सरकारको कानुनमन्त्रीमा सोविता गौतम नियुक्त हुने पक्का

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

14
Share
Featured
  • बालेन्द्र शाह नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम नियुक्त हुने निश्चित भएको छ।
  • रास्वपा सभापति रवि लामिछाने र बालेनले उनलाई मन्त्रीका लागि तयारी रहन आग्रह गरिसकेका छन्।
  • आजै शीतल निवास मा शपथ ग्रहण हुने कार्यक्रम रहेको छ, जहाँ गौतमले पनि पद तथा गोपनीयताको शपथ लिने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने नयाँ सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोबिता गौतम नियुक्त हुने निश्चित भएको छ। स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले गौतमलाई फोन गरेर मन्त्रीका लागि तयारी अवस्थामा बस्न आग्रह गरिसकेका छन्।

यसअघि आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री बालेन र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो १२:३० बजे शीतलनिवासमा तय गरिएको छ। सोविता गौतम रास्वपाकी प्रभावशाली युवा नेतृ हुन्। उनले आजै प्रधानमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिने सम्भावना छ।

यो समाचारमा

सोबिता गौतमरवि लामिछानेरामचन्द्र पौडेलबालेन्द्र शाह (बालेन)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...